Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

असारभित्र ब्याज तिर्ने ग्राहकलाई ब्याज रकममा छुट गर्नेः राष्ट्र बैंक


असारभित्र ब्याज तिर्ने  ग्राहकलाई ब्याज रकममा छुट गर्नेः राष्ट्र बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असारभित्र ब्याज तिर्ने ग्राहकलाई ब्याज रकममा छुट दिने भएको छ । बैंकले देशको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै १ असारदेखि ३१ गतेसम्म जुनसुकै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरूलाई छुट दिने भएको हो ।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद, खराब, जतिसुकै अवधिको ओभरड्यु, नर्मल तथा पेनाल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले बताएको छ । ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा जम्मा गरिने बताएको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लाका सदरमुकामसहित २ सय ७२ शाखा कार्यालय, ५४ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको बताएको छ ।