Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वास्तविक युवा उद्यमिले सरकारी राहत पाउनै छोडे, रातारात कागजमा कृषि फर्म बनाउनेले लाखौं लुटिरहेका छन्ःउपसभामुुख राना


वास्तविक युवा उद्यमिले सरकारी राहत पाउनै छोडे, रातारात कागजमा कृषि फर्म बनाउनेले लाखौं लुटिरहेका छन्ःउपसभामुुख राना

काठमाडौं । उपसभामुख इन्दीरा रानाले वास्तविक युवा उद्यमिले सरकारले दिने कुनैपनि सुविधा नपाएको भन्दै आपत्ती जनाएकी छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले वास्तविक किसानले तयार गरेको परियोजनालाई सरकारले वेवास्ता गर्ने गरेको बताईन्।

उनले भनिन्,‘किसानले राहत पाउदैनन्, तर रातारात प्रोपोजल तयार गर्ने, कम्पनी बनाउने किसानका नाममा राज्यबाट लाखौं राहत जाने गरेको छ,’। उनले आफुलाई उपसभामुख भएकै कारण बोल्न नदिने भन्दै व्यक्तीगत स्वतन्त्रताको माग समेत गरिन । रानाले अहिले विदेशमा जाने युवाहरुको संख्या दिन प्रतिदिन बढेको भन्दै सरकारले वास्तविक किसानमाथि विभेद गरेको बताईन् ।

उनले युवाले राजगारी पाउदैनन्, सरकारले दिने राहत पाउदैनन् तर, झोलामा प्रोपोजल बोक्नले राहत लिने गरेको बताईन् ।  उनले भनिन्, ‘विदेश जाने युवालाई रोक्नु पर्छ भन्ने तर, उनका कामलाई सम्मान नगर्ने ?’ रानाले अर्को एक प्रसंगमा महिला भएकै कारण आफुमाथि विभेद हुने गरेको गुनासो पनि गरेकी छिन् ।