Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निगमले आईओसीको सबै ऋण चुक्ता गर्‍यो


निगमले आईओसीको सबै ऋण चुक्ता गर्‍यो

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) को सबै ऋण चुक्ता गरेको बताएको छ । ९ महिना अघिसम्म २० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः सबै चुक्ता गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले आईओसीको बक्यौतालाई कारण देखाउँदै नेपालमा सो अनुसार मूल्य घटाएको थिएन।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ब्याजवापत करिब १८ करोड रुपैयाँ मात्रै आईओसीलाई तिर्नुपर्ने दायित्व छ, सो रकम पनि केही समयपछि भुक्तानी हुने उनले बताएका छन्।निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ।

सरकारलाई तिर्नुपर्ने निगमको ऋण रकम हाल ६ अर्ब ३० करोड रुपैयाँ रहेको ठाकुरले बताए। सरकारको ऋण रकम किस्ता किस्तामा भुक्तानी गर्दै आएका छौं उनले भने ५ वर्षमा १० किस्तामा चुक्ता गर्नेगरी लिएका थियौं, सो अनुसार नै तिर्दै जानेछौं । यसैबीच नेपाल आयल निगम हाल पाक्षिक १५ दिनमा १ अर्ब ६० करोड नाफामा गएको छ ।

खासगरी खाना पकाउने एलपी ग्यासको मूल्य अत्याधिक घटेर आएपछि निगमको नाफा बढेको हो । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले बताए। त्यस्तै मट्टितेलमा भने प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा आन्तरिकतर्फ ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ । निगमलाई यसअघि ग्यासमा रहेको नोक्सानी समेत हटेको हो ।