Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तामाकोशी जलविद्युत आयोजना सुरु


तामाकोशी जलविद्युत आयोजना सुरु

काठमाडौं । डायनामिक हाइड्रो इनर्जी प्रालिले आयोजनाबाट ४० वटा मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्बर १ मा लाप्चे–तामाकोशी जलविद्युत आयोजना बन्ने भएको हो । डायनामिक हाइड्रो इनर्जी प्रालिले आयोजनाबाट ४० वटा मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । कम्पनीले आयोजनाको वातावारणीय प्रभाव मूल्याङंन प्रतिवेदन तयार गरिसकेको छ ।

प्रतिवेदन अनुसार आयोजना निर्माणका लागि करिब ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । प्रतिवेदनमा आयोजना निर्माणका लागि ५ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ लागत लाग्ने कम्पनीको अनुमान छ । कम्पनीले प्रतिमेगावाट विद्युत उत्पादन गर्न १४ करोड ६४ लाख रुपैयाँ लागत अनुमान गरेको छ । आयोजनामा कम्पनीको २५ प्रतिशत र बैंक लगानी ७५ प्रतिशत रहेको छ ।

कम्पनी अनुसार आयोजनाबाट सुक्खा मौसमको पिक उत्पाद उर्जा क्षमता ६.८०४ गिगावाट आवर, सुक्खा मौसमको उत्पादन क्षमता ६७.४७९ गिगावाट, सुक्खा मौसमको कुल उर्जा क्षमता ७४.२८३ गिगावाट आवर र औसतमा वार्षिक उर्जा उत्पादन क्षमता २३८.१६ गिगावाट आवर उर्जा उत्पादन हुनेछ । आयोजनामा भूमिगत २ वटा बेसिनको व्यवस्था हुनेछ । त्यस्तै, आयोजना निर्माणका लागि कम्पनीले ११ प्रतिशत ब्याजमा ऋण लिने भएको छ । हाल उक्त आयोजनाको मूल्यांकन ३ अर्ब ९३ करोड ९३ लाख रुपैयाँ रहेको छ ।