Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मल भित्रिने क्रम बढ्दो,किसान भने मक्रामा


मल भित्रिने क्रम बढ्दो,किसान भने मक्रामा

काठमाडौं । अनुसन्धान कार्यालय बुटवलले नियन्त्रणमा लिइएको अवैध रासायनिक मल युरियो राजस्व  पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको ६ सय ५० बोरा अवैध मल फेलापरेको हो। सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब  टोलीले निरीक्षकसहितको रामपुरमा शील गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

रा। बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल शील गरेर राखेको हो । हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन ।

प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिबार बिहान रम्भा गाउँपालिका–१ हुँकीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइ सकिएको छ ।