Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बेनी नगरले गर्याे चार करोड भन्दा बढी राजश्व सङ्कलन


बेनी नगरले गर्याे चार करोड भन्दा बढी राजश्व सङ्कलन

काठमाडौं, २० असार । चालू आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन म्याग्दीको बेनी नगरपालिकाले गरेको छ । चालू आर्थिक वर्षमा नगरले ४ करोड २३ लाख ७० हजार आन्तरिक राजश्व सङ्कलन गर्ने अनुमान गरेकोमा असारको तेस्रो सातासम्म चार करोड ५० लाख १८ हजार ७६९ रुपैयाँ सङ्कलन भएको राजश्व शाखाले बताएको छ ।

सङ्कलित राजश्व अपेक्षीतभन्दा धेरै हो । नगरपालिकाले आफ्नो एकल अधिकार क्षेत्र भित्रको कर तथा गैरकर राजश्व सङ्कलन गर्दछ । यस भित्र व्यवसायको सिफारिस दस्तुर, नक्सा पास, सरकारी सम्पत्तिको भाडा, घरवहाल कर, भूमी कर लगायतका करहरु समावेश छन् । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भने आन्तरिक आम्दानीका रुपमा रहेको राजश्व सङ्कलनको यो सकरात्मक पक्ष हो ।

यो अवधिमा आन्तरिक आम्दानीका रुपमा रहेको राजश्व सङ्कलनको अवस्था उत्साहजनक रहेको उनले बताए ।आगामी आर्थिक वर्षमा घरवहाल कर सङ्कलनलाई व्यवस्थित गरिने र नगरपालिकाले भू–उपयोग वर्गिकरण मापदण्ड स्वीकृत गरेकाले घरजग्गा कारोवार बढ्ने हुँदा राजश्व वृद्धि हुने उनको भनाइ छ ।