Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्ने


समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मङ्गलवार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो ।

मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले हिजो ठोस निर्णय नभएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए ।

अनौपचारिक छलफलमा केपी शर्मा ओली सरकारको रवैयाका कारण राजावादीले नकारात्मक फाइदा लिइराखेको बारे छलफल भएको श्रेष्ठले जानकारी दिए । हिजो बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई गम्भीरताका साथ लिँदै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको थियो ।