Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना


काठमाडौँमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना

काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आजबाट काठमाडौँमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरेको छ । फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि चार दिनसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरिएको हो ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरीय फूल तथा आलङ्कारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलङ्कारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर ९गुलाब, जरबेरा, कार्नेशन० विधामा पुरस्कृत गरिने बताइएको छ । त्यस्तै मेलामा आलङ्कारिक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउ बिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायतको ८२ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

हाल देशका ५२ जिल्लामा करिब २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानले जनाएको छ । गत आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य बस्तुजन्य बस्तुको वार्षिक निर्यात कारोबार रु १ करोड ३ लाख १२ हजार रहेको थियो भने आयात कारोबार रु २७ करोड ७९ लाख रहेको तथ्याङ्क छ ।