Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि भएको ठेक्कामा भ्रष्टाचार


६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि भएको ठेक्कामा भ्रष्टाचार

काठमाडौं । मधेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि भएको ठेक्कामा भ्रष्टाचार भएको ठहरसहित प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठसहित १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट आर्थिक वर्ष २०७८—०७९ मा आह्वान गरिएको प्रयोगशालाका सामान खरिद, वितरण तथा स्थापनामा ठेकेदार कम्पनी हस्पिटेक इन्टरप्राइजेज प्रालिका संचालक विशाल पण्डितसँगको सेटिङ देखिएको हो ।