Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक वर्षमा भन्सारबाट १ खर्ब ५ अर्ब बढी राजश्व हिनामिना


एक वर्षमा भन्सारबाट १ खर्ब ५ अर्ब बढी राजश्व हिनामिना

काठमाडौं, श्रावण १० । भन्सार राजश्वमा भारी गिरावट आएको छ । आयात भट्दा भन्सार मार्फत सरकारलाई प्राप्त हुने राजश्वमा दोहोरो अंकले घटेको हो । गत आर्थिक वर्ष २०७८,७९ मा आयात मार्फत सरकारले ४ खर्ब ८२ अर्ब ४३ करोड ७७ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । तर, गत आवमा भने २१.८० प्रतिशतले घटेर ३ खर्ब ७७ अर्ब २६ करोड ४ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

एक वर्षमा भन्सार राजश्व १ खर्ब ५ अर्ब १७ करोड ७२ लाख ६४ हजार रुपैयाँले कमी देखिएको हो । गत आवमा आयात घट्दा राजस्व संकलन पनि उच्चदरमा घटेको छ । गत आवमा आयात १६.०८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँ बराबरको आयात भएको थियो । तर, गत आवमा भने ३ खर्ब ८ अर्ब ७१ करोड ६५ लाख ७९ हजार रुपैयाँले घटेको छ ।

भन्सार विभागका अनुसार गत आवमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको आयात भएको हो ।अघिल्लो आवमा पनि आयात २४.७२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण नेपालमा आयात बढ्न सकेको छैन । बाह्य क्षेत्रमा परेको चापलाई लक्षित गर्दै गत आवको सुरुवाती महिनाहरूमा केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको थियो ।

तर, पुसबाट सरकारले उक्त प्रतिबन्ध हटाए पनि आयात बढ्न सकेको थिएन् । विशेषगरि महँगी लगायतका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । त्यसले बजारमा वस्तुको माग घटाएको छ । यसरी बजारमा माग घट्दा आयात बढ्न सकेको छैन । त्यसको असर राजश्व संकलनमा पनि परेको बताइन्छ ।

नेपाल सरकारको आम्दानी नै राजस्व संकलनमा निर्भर छ । त्यसमा पनि आयातमार्फत हुने राजस्वमै सरकारको आम्दानी बढी निर्भर छ । सरकारको कुल राजश्वमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको हिसा भन्सार राजश्वले ओगटेको हुन्छ । आयात घट्नुलाई सकारात्मक रूपमा लिए पनि राजस्व संकलनमा प्रभावित हुने गरेको जानकारहरू बताउँछन् ।