Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निजि क्षेत्रलाई विद्युत् व्यापार गर्न बाटो खोलोस्ःइप्पानका अध्यक्ष आचार्य


निजि क्षेत्रलाई विद्युत् व्यापार गर्न बाटो खोलोस्ःइप्पानका अध्यक्ष आचार्य

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भएको सरकारले बाटो खोलिदिनुपर्ने बताए । नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठूलो लगानी भइसकेको पनि बताए । नेपालले आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने आचार्यको भनाइ छ । उनले भने कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो ।

नेपालमा क्लिन इनर्जीको रुपमा हाइड्रो, सौर्य सबैको सम्भावना छ। नेपालको विद्युत जडित क्षमता करिब ३ हजार मेगावाट पुग्दा ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेको,११ हजार मेगावाट क्षमताका आयोजना पीपीएको पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना रहेको आचार्यले बताए । आजको दिनमा खपत बढाउन चुनौती रहेको उनको भनाइ छ ।

औद्योगिक, सिँचाइ, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा ऊर्जाको खपत बढाउन पर्ने उनले बताए । विद्युत् उत्पादनमा निजी क्षेत्रको प्रवेश बिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नको लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने आचार्यले बताए । एक मेगावाटको आयोजना बनाउने निजी क्षेत्रका साथीहरू आज १०० मेगावाटको आयोजना बनाइरहेका छन् ।

अब निजी क्षेत्रले ठूला आयोजना पनि बनाउन सक्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा यो पटक ऊर्जा केन्द्रित भएको उनले बताएका छन् । यसपटक आर्थिक मुद्दामा केन्द्रित भएको र त्यसमा पनि अझ ऊर्जा केन्द्रित भयो उनले भने यो ऊर्जा उद्यमीको लागि खुसीको विषय हो ।