Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनको वी च्याट पे नेपाली बजारमा प्रवेश


चीनको वी च्याट पे नेपाली बजारमा प्रवेश

काठमाडौं । चीनको चर्चित डिजिटल वालेट वी च्याट पेले नेपाली बजारमा प्रवेश गरेको छ। नेपालको एनएमबी बैंकसँग सहकार्य गरी वी च्याट पे नेपाल प्रवेश गरेको हो। उक्त सहकार्यले नेपालमा अब चिनियाँ नागरिकले क्युआर कोडद्धारा अनलाइन भुक्तानी गर्न सक्नेछन्। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पोखरामा बिहीबार एक कार्यक्रमबीच उक्त सेवाको औपचारिक घोषणा गरे।

राजदूत सोङले अब नेपालमा कारोबार गर्ने चिनियाँ नागरिक र पर्यटकलाई क्युआर कोडमार्फत भुक्तानी गर्न सजिलो हुने बताए। अब चिनियाँ पर्यटकले नेपालमा बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्न पाउँछन्, उनले भने, यसले डिजिटल कारोबारलाई सजिलो बनाउँछ।’पोखरा महानगरका मेयर धनराज आचार्यले वी च्याट पे सार्वजनिक भएपछि चिनियाँ पर्यटकले नेपालमा नोट सटहीको झन्झटबाट मुक्ति पाएको बताए।

चीनबाट आएका  पर्यटकले नोट साटेर ल्याएको पैसा सकियो भन्नुपर्ने अवस्था अब छैन, उनले भने,अनलाइनद्धारा भुक्तानी गर्न पाउने भएपछि सटहीको झन्झट पनि सकियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डको सिइओ धनञ्जय रेग्मी, एनएमबी बैंकका संचालक योगेन्द्रलाल प्रधान, बैंकका सिइओ सुनिल केसी लगायतले चिनियाँ नागरिकलाई मात्र नभएर चीनमा रहेका नेपालीलाई घर पैसा पठाउन पनि वी च्याट पेमार्फत सजिलो भएको बताएका थिए।

एनएमबी बैंकसँगको सहकार्यले नेपालमा कारोबार गर्न चिनियाँ नागरिकलाई अवसर प्रदान गरेको बैंकले बताएको छ। एनएमबी बैंकमा खाता खोलेका ग्राहकलाई बैंकले वी च्याट पेको क्युआर कोड प्रदान गर्नेछ। जसले चिनियाँ नागरिकले सजिलै अनलाइनमार्फत सटही सुविधा पाउने बैंकले बताएको छ। बैंकको हाल देशभर २०१ वटा शाखा कार्यालय छन् भने १३५ वटा एटिएम र १२ वटा एक्टेन्सन काउण्टर संचालनमा छन्।