Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चामलको आयात १६ अर्ब रुपैयाँको हाराहारीमा घट्यो


चामलको आयात १६ अर्ब रुपैयाँको हाराहारीमा घट्यो

काठमाडौं, श्रावण ११ । गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपैयाँको हाराहारीमा घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक २०७९,८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपैयाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपैयाँको चामल आयात भएकोे थियो ।गतवर्ष धानको उत्पादन बढेकाले पनि चामल आयातमा कमी आएको हो ।

गत आवमा विभिन्न मुलुकबाट ५६ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न (धान, गहुुँ, मकै, कोदो, जौ, कनिका) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गएको आव २०७९,८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपैयाँको खाद्यान्न आयात गरेको छ । आव २०७८,७९ मा ७४ अर्ब २८ करोड ३७ लाख सात हजार रुपैयाँको आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा समग्र खाद्यान्न आयातमा २४ प्रतिशत अर्थात् १८ अर्ब रुपैयाँ बराबरको कमी भएको छ ।

आव २०७९,८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले आयातमा गरिएको कडाइ र भारत सरकारले गहुँ आयातमा लगाइएको प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी आएको छ । एक वर्षमा झन्डै ३७ अर्ब रुपैयाँको धान, चामल, चिउरा र कनिका आयात भएको तथ्याङ्क छ । ९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । गत आवमा २० अर्ब ७५ करोड ८० लाख रुपैयाँको धान आयात भएको विभागको तथ्याङ्क छ ।

अघिल्लो वर्ष १६ अर्ब ९९ करोड ७२ लाख रुपैयाँको धान आयात भएको थियो । गत वर्ष अघिल्लो वर्षको तुुलनामा चार अर्ब रुपैयाँ बराबरको धान आयात बढेको छ । गत आवमा १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँको मकै आयात भएको छ ।

अघिल्लो वर्ष १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपैयाँको मकै आयात भएको थियो । यस्तै गत वर्ष २८ करोड ९८ लाख रुपैयाँ बराबरको गहुँ र गहुँको बीउ आयात भएको छ । अघिल्लो वर्ष छ अर्ब ३२ करोड ६२ लाख रुपैयाँको गहुुँ आयात भएको थियो । गतवर्ष भारतमा गहुुँ उत्पादन कम भएपछि अन्य देशमा निर्यातमा प्रतिबन्ध लगाएको थियो । यस्तै झन्डै नौ अर्ब रुपैयाँको चिया, कफी, झन्डै ८७ अर्ब रुपैयाँको घिउ, तेल ५ अर्ब रुपैयाँको चिनी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि हरेक वर्ष ठुुलो परिणाममा खाद्यान्न आयात हुने गर्छ ।