काठमाडौं , २१ असार । संघीय सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ । विभागले (बिहीबार) सहकारी संघ लागि पाँच बुँदे नयाँ निर्देशन जारी गरेको हो ।
विभागले सहकारी क्षेत्रको पूर्नःउत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५,५० एवं सहकारी नियमावली, २०७५ को नियम ७२ ,३० र नियम ७६ ,१० (झ) बमोजिम विभागले निर्देशन जारी गरेको हो । आ.व. २०७९,८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आ.व. को आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने भएको छ।