Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले ठगी गर्ने सहकारीहरुलार्ई कानुन अनुसार कारबाही गर्छः मन्त्री चौधरी[भिडिओ सहित]


सरकारले ठगी गर्ने सहकारीहरुलार्ई कानुन अनुसार कारबाही गर्छः मन्त्री चौधरी[भिडिओ सहित]

काठमाडौं,२८ असार । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीहरुलार्ई कानुन अनुसार कारबाही गरिने बताएकी छन् । बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएकी हुन् । उनले सरकारले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया जारी रहेको बताइन् ।

उनले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको बताइन् । उनले १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको बताइन् ।

‘मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको छ’ उनले भनिन्, ‘आर्थिक वर्ष २०८०÷८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउने ब्यहोरा जानकारी गराउन चाहन्छु ।’ मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०÷८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने बताइन् ।