Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्यमा नयाँ रेकर्ड कायम


सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै सुनको छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

उक्त दिनको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो ।