Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना एग्रीवाचबीच सहकार्यको लागि सम्झौता


नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना एग्रीवाचबीच सहकार्यको लागि सम्झौता

काठमाडौं । नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना तथा परामर्श सेवा प्रदायक संस्था एग्रीवाचबीच सहकार्यको लागि सम्झौता भएको छ । सम्झौता अनुसार भू–उपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान, विश्लेषण र परामर्श प्रदान गरिनेछ । निजी क्षेत्रबाट यस प्रकारको पहल पहिलो पटक भएको हो ।


नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारण सभाका अवसरमा शुक्रबार उक्त सम्झौता भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा र संघका अध्यक्ष श्री कुमुद दुगडको सभापतित्वमा भएको साधारण सभामा उक्त सम्झौता भएको हो ।