काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का अध्यक्ष जगत सिंखडाले सरकारी श्रेणीविहीन कर्मचारीले २४ हजार तलब बुझ्दा श्रमिकको १७ हजार ३ सय मात्रै भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित दुई दिने ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ को उद्घाटन समारोहमा उनले नेपाल सरकारको श्रेणीविहीन कर्मचारीले समेत २४ हजार रुपैयाँ पाइरहँदा श्रमिकको तलब १७ हजार रुपैयाँ मात्रै रहेको भन्दै प्रश्न गरेका हुन् ।
नेकपा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष समेत रहेका सिंखडाले अहिले १७ हजार ३ सय रुपैयाँ तलबमा कुनै पनि श्रमिक काठमाडौंमा बाँच्न नसक्ने अवस्था रहेको बताए ।