Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंक खातामा पर्याप्त रकम नभए पनि आइपीओ आवेदन दिने व्यक्तिहरू बाहिरियो


बैंक खातामा पर्याप्त रकम नभए पनि आइपीओ आवेदन दिने व्यक्तिहरू बाहिरियो

काठमाडौं । बैंक खातामा पर्याप्त रकम नभए पनि घोराही सिमेन्टको आइपीओमा आवेदन दिनेहरूको नाम बाहिरिएको छ। सर्वसाधारणको लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो। स्रोतका अनुसार गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री र चितवनका मनोज पाठकले यसरी खातामा पर्याप्त पैसा नै नभई आवेदन दिएका हुन् ।

यी व्यक्तिहरूले १० लाख कित्ताको दरमा आवेदन दिएका हुन् । फर्जी आवेदन दिएर आइपीओमा लगानीकर्ताहरूको आकर्षण रहेको देखाउने प्रयास भएको आशंकामा धितोपत्र बोर्डले सोमबार नै आइपीओ तत्काललाई स्थगन गरेको छ। धितोपत्र बोर्डले कम्पनीको रेटिङ र सेयर प्रत्याभुतिकर्ताका बारेमा पनि अध्ययन गर्ने बताए ।

कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपीओ बिक्री गरिरहेको थियो। कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम भएको बताए। कम्पनीको सेयर बिक्री प्रबन्धकहरूमा हिमालय क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।