Wednesday, July 02, 2025

२०८२ असार १८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेटमा विमति भएपछि लुम्बिनी सभाको बैठक स्थगित


बजेटमा विमति भएपछि लुम्बिनी सभाको बैठक स्थगित

काठमाडौं । बजेट आएको १६ दिनपछि सुरू लुम्बिनी सभाको बैठक प्रतिपक्षी दलको विरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरुलगत्तै प्रतिपक्षी सांसदले उठेर विमति जनाएका थिए । बजेट सच्याइनु पर्ने माग राख्दै माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बैठक स्थगित गर्न माग गरे । सभामुख तुलाराम घर्तीमगरले राजनीतिक समझदारीका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरे । आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।