Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई


आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

एजेन्सी । न्युजिल्यान्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । दुबईमा गएराती भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हरायो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २—२ विकेट लिए ।

भारत प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो ।