काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । चाँदीको भाउ भने लगातार दोश्रो दिन ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा झरेको छ । सोमबार भने सुनको भाउ स्थिर रहेको थियो ।
हिजो सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम रहेको थियो ।चाँ दीको मूल्य भने निरन्तर दोश्रो दिन गिरावट भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले सस्तिएर १ हजार ४४० रुपैयाँमा किन बेच भएको थियो ।