Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको सबै भन्दा सुरक्षीत तथा भरपर्दो भुक्तानी माध्याम आइएमई पे


नेपालको सबै भन्दा सुरक्षीत तथा भरपर्दो भुक्तानी माध्याम  आइएमई पे

काठमाडौं । नेपालको सबै भन्दा सुरक्षीत तथा भरपर्दो भुक्तानी माध्या आइएमई पे डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पेले हालै ‘सिसा पिसिआई डिएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे आफ्नो स्थापनाकालदेखि नै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समययता सिसा इन्फर्मेसन सेक्युरिटीमार्फत पिसिआई डिएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।

सो प्रमाणीकरणको प्रत्येक वर्ष हुने अडिटपश्चात् नवीकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डिएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पु¥याएर नवीकरण गरेको हो । अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दै ग्राहक वर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमत कारण सो प्रमाणीकरण प्राप्त गरेको आइएमई पेले बताएको छ ।