Thursday, June 05, 2025

२०८२ जेष्ठ २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घरजग्गा कारोबारीमा जाने कर्जाको भार घट्यो


घरजग्गा कारोबारीमा जाने कर्जाको भार घट्यो

काठमाडौं, श्रावण १२ । घरजग्गा कारोबारी गर्न दर्ता भएका संस्था वा आयोजनामा जाने जोखिम भार १०० प्रतिशत कायम गरिएको छ। चालू आर्थिक वर्ष २०८०,८१ को लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कार्यान्वयन गर्ने क्रममा एकीकृत निर्देशक संशोधनको लागि परिपत्र जारी गरेको हो।

हाल सबै रियल स्टेट कर्जाको जोखिम भार एक सय ५० प्रतिशत तोकिएको छ। राष्ट्र बैंकले २५ लाख रूपैयाँसम्मको व्यक्तिगत अटो कर्जाको जोखिम भार समेत १०० सय ५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको छ।

त्यस्तै, अबदेखि व्यक्तिगत आवासीय कर्जाको रुपमा ऋणीले २ करोड रूपैयाँसम्म कर्जा पाउनेछन्। यसअघि यस्तो कर्जा सीमा १ करोड ५० लाख रूपैयाँ रहेको थियो।