Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

व्यवसायीक उडानको करिब ६ बर्षमा श्री एयरलाइन्सका जहाजहरु पटक—पटक ग्राउन्डेड, कहिले सम्म प्राविधीक समस्या ?[भिडिओ]

६ बर्षमा पटक—पटक श्री एयरलाइन्स ग्राउडेट


व्यवसायीक उडानको करिब ६ बर्षमा श्री एयरलाइन्सका जहाजहरु पटक—पटक ग्राउन्डेड, कहिले सम्म प्राविधीक समस्या ?[भिडिओ]

काठमाडौं, १७ असार । व्यसायीक उडानको अनुमति पाएको करिब ६ बर्षमा पटक—पटक श्री एयरलाइन्स ग्राउडेट भएको छ । विमानमा समस्या आएपछि आफ्नो आन्तरिक उठान रद्द गरेको कयौं पटक भइसक्यो । उसो त श्री एयरलाइन्समा यात्रा गर्ने कुनै पनि यात्रुहरु सन्तुष्ट भएको पाइदैन । कयौं गुनासो सुन्न पाइन्छ । शनिवार धनगढीकालागि उडेको विमानमा समस्या आएपछि काठमाडौंमा फर्किएको एयरलाइन्सले आज कुनै पनि उडान नगर्ने भएको छ । हामीले यस विषयमा जानकारी लिने प्रयास गरेपनि सम्पर्क हुन सकेन ।

जहाजमा कस्तो समस्या आएको हो त्यो अझै कम्पनीले खुलाएको छ । मानिसको जिवन सँग जोडिएको विषय भएकाले पनि हवाइ सेवा सुरक्षीत हुन आवश्यक छ । वि.स.२०७४ साउन २७ मा नेपालमा व्यवसायीक उडानको अनुमति पाएको यस कम्पनीले अनुमतिकालागि थोरै पापड बेल्नु परेको थिएन । अनुमतिकालागि निवेदन दिएको झन्डै एक महिनापछि उडान अनुमति (एओसी) पाएको थियो । यो करिब ६ बर्षमा श्री एयरलाइन्समा धेरै पटक यस्ता समस्या देखिएका छन् । रिर्पाेटहरुले के भन्छ भनेः श्रीले चलाएका जहाजहरु केहि पुराना छन् जसले प्राविधीक समस्याको सामना गर्नु परेको छ । शनिवार देखिएको समस्या असार १० गते पनि देखिएको थियो । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै अवतरण भएको थियो ।

यतिमात्रै होईन वि.स.२०८० जेष्ठ २३ गते काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए । जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणालीमा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०ः३० बजे अर्काे जहाजको उडानबाट गन्तव्य लगिएको थियो ।

वि.स.२०८० बैशाख २५ गते करिब एक महिना अघि पनि जहाजमा समस्या देखिएको थियो । विमानमा खराबी भएपछि भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सबीच बाटैबाट फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आइरहेको विमान भैरहवा नै फर्किएको त्रिभुवन विमान स्थलले जनाएको छ । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका थिए । भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९ः४० मात्र काठमाडौंतर्फ उडेको थियो ।

२०७९ साउन १९ गते नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । उडेको केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज नेपालगंज विमानस्थलमा अवतरण गराइएको हो । बिहान ९ बजेर ४९ मिनेटमा उडेको थियो । बायाँ इन्जिनमा समस्या देखिएपछि ९ बजेर ५६ मिनेटमा सोही विमानस्थलमा अवतरण गराइएको हो । जहाजमा चालक दलका ४ सदस्यसहित ८३ जना यात्रु थिए ।

वि.स. २०७९ फागुन २५ मा काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८२१ नम्बरको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । चार जना चालक दलसहित ७४ जना यात्रु बोकेर भैरहवाका लागि उडेको एयरलाइन्समा प्राविधिक समस्या देखिएपछि तत्काल विमानस्थल फर्काइएको थियो । विमान उडानको करिब १० मिनटमा नै इन्डिकेटरले इन्जिनमा समस्या देखाएपछि तत्काल विमानलाई त्रिभुवन विमानस्थल नै फर्काइएको एयरलाइन्सले जनाएको थियो ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)को छानविन
श्री एयरलाइन्सका जहाजमा समस्या देखिन थालेपछि वि.स.२०७९ फागुन २६ गते शुक्रबार सबै जहाज ग्राउन्डेड गर्दै क्यानले छानबिन थालेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सका सबै जहाज अनिश्चितकालका लागि ग्राउन्डेड गरिदिएको थियो । श्रीको ड्यास क्यू ४०० जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि आपतकालीन अवतरण गर्नुपरेको थियो । सोही घटनालाई लिएर हवाई क्षेत्रको नियमनकारी निकाय क्यानले सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक अनुसन्धान सुरु गरेको थियो ।

सो समय क्यानको एयर वर्दिनेस टिमले इन्जिनबाट फायर वार्निङ आएर आपतकालीन अवतरण गर्नुपरेको जहाज परीक्षण गर्दा गम्भीर समस्या देखिएपछि सबै जहाज ग्राउन्डेड गर्ने निर्णयमा पुगेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए थिए । क्यानको प्राविधिक टोलीले जहाजको इन्जिन खोलेर हेर्दा कैफियत देखिएको उनको भनाइ थियो । श्रीका चारवटा सिआरजे र चारवटा ड्यास क्यू ४०० गरी आठवटा जहाज छन् । यसअघि नै चारवटा जहाज ग्राउन्डेड थिए । श्रीले तीनवटा क्यू ४०० र एउटा सिआरजेबाट विभिन्न आन्तरिक सेक्टरमा नियमित उडान गर्दै आइरहेको  थियो । क्यानले श्री एयरलाइन्समा कार्यरत इन्जिनियर तथा प्राविधिकहरूको पनि चेकजाँच गर्ने बताएको थियो । प्राविधीक समस्या समाधान गर्ने भएपछि पुनः सञ्चालनमा भएको थियो ।