काठमाडौं । तीनकुनेमा शुक्रबार आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । शुक्रवार राजसंस्था पुनःस्थापनाका लागि आयोजित प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो । दर्शनकारीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा सवारी साधनमाथि समेत आगजनी गरेका थिए ।