Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन तस्करीको उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले गर्यो संसद अवरुद्ध


सुन तस्करीको उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले गर्यो संसद अवरुद्ध

काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसद अवरुद्ध गरेको छ ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् ।

’पछिल्ले २–३ महिनाको अवधिमा २२ क्विन्टलभन्दा बढी सुन गृहमन्त्री, अर्थमन्त्रीको संरक्षण र सेटिङमा भित्रिएको छ । यो सामान्य विषय होइन,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ’पछिल्लो समयमा भेटिएको सुन सेटिङ बिग्रँदा पक्राउ परेको हो । ’उनले ३३ पटक सुन भन्सार हुँदै भित्र्याइएको बताए । ’मन्त्रीदेखि को–को संलग्न छन् त्यसमा छानबिन हुनुपर्छ,’ उनले भने ।

सांसदहरुले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका थिए ।