काठमाडौं, श्रावण २२ । संसद बैठक सञ्चालन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफल निश्कर्ष विहिन भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा दलहरुले आआफ्नै अडान कायम राखेपछि बैठक निश्कर्ष विहिन बनेको हो । प्रमुख प्रतिपक्षी एमालेले क्विन्टल सुन तस्करी घटनाको छानविनकालागि उच्चस्तरी समिति बनाउनुपर्ने अडान राख्दा बैठकमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
शीर्ष नेताहरुबीच छलफल जारी रहदा १ बजेकालागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह् ४ बजे सारिएको छ । संसद अबरोध अत्यकालागि शीर्ष नेताहरुबीच आजै छलफल गर्ने तयारी भएको छ । अहिले केहिबेरमा पुनःबैठक बस्ने तयारी भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार छलफल सकारात्मक भएपनि प्रतिपक्षीको अडान कायमै रहेको बताए। सत्ता पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो९सीआइवी०ले अघि बढाएकाले तत्काललाई कुनै हस्तक्षेप गर्न नहुने तर्क गरेका थिए । तर, बैठकमा प्रतिपक्षीले छानविन निश्पक्ष नहुने भन्दै सिमितिको माग गरिरहेको छ ।