Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाँच वर्षमा कर्णालीका तीन जिल्लाको डेढ अर्ब राजस्व संकलन


पाँच वर्षमा कर्णालीका तीन जिल्लाको डेढ अर्ब राजस्व संकलन

काठमाडौं, श्रावण १२ । कर्णाली प्रदेशका तीन जिल्लामा पाँच वर्षमा डेढ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेशका जुम्ला, कालिकोट र मुगुबाट गएको पाँच वर्षमा कुल १ अर्ब ५५ करोड ६० लाख ६७ हजार रुपैयाँ संकलन भएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाले आफ्नो कार्यक्षेत्र जुम्ला, कालिकोट र मुगु जिल्ला रहेको जनाएको छ । मुगु र कालिकोट जिल्लाका नागरिक कर तिर्न जुम्ला पुग्ने गरेका छन् ।

गत आव ०७९,८० मा लक्ष्यभन्दा ३२ लाख ९० हजारले मात्र कम भएको छ । वार्षिक लक्ष्य ४७ करोड ५६ लाख ८५ हजार रहेकोमा असार मसान्तसम्म ४७ करोड २३ लाख १८ हजार राजस्व उठेको आन्तरिक राजस्व कार्यालय जुम्लाका सूचना अधिकारी खेमप्रसाद उपाध्यायले बताएका छन् ।आन्तरिक राजस्व कार्यालयले जुम्ला, कालिकोट र मुगुबाट आव ०७५,७६ मा १० करोड ८८ लाख ६९ हजार राजस्व संकलन गरेको देखिन्छ ।

आव ०७६,७७ मा कोरोना कहरका बीच पनि झन्डै १३ करोडले बढेर २३ करोड २२ लाख ५५ हजार राजस्व संकलन भएको थियो । आव ०७७,७८ मा २५ करोड ५४ लाख लक्ष्य राखिएकोमा ३२ करोड ९६ लाख ३५ हजार राजस्व संकलन भएको थियो । आव ०७८,७९ मा ३३ करोड नौ लाख लक्ष्य राखिएकोमा ४१ करोड २९ लाख ९० हजार राजस्व संकलन भएको सूचना अधिकृत उपाध्यायले बताए । यसरी पाँच वर्षमा तीन जिल्लाबाट डेढ अर्ब रुपैयाँ भन्दा केही बढी राजस्व उठेको देखिन्छ ।

तीन जिल्लाका झन्डै १५ हजार करदाता रहेका छन् । आन्तरिक राजस्व कार्यालयले शतप्रतिशत व्यवसाय क्षेत्रलाई करको दायरामा ल्याउन, राजस्व संकलनलाई वृद्धि गर्न गाउँकेन्द्रित कर शिक्षा कार्यक्रमलाई जोड दिँदै आएको बताएको छ ।