Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डीबानको अध्यक्षमा सुयोग श्रेष्ठ


डीबानको अध्यक्षमा सुयोग श्रेष्ठ

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल डीबानको अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिएका छन् । बिहीबार पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारणसभाले श्रेष्ठलाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन गरेको हो । सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ यसअघि पनि अध्यक्ष थिए ।

यस्तै, एसोसिएसनको उपाध्यक्षमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधबप्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल निर्विरोध चयन भएका छन् ।


एसोसिएसनको सदस्यमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेण्ट बैंकका दिनेश पोखरेल चयन भएको विज्ञप्तिमा उल्लेख छ ।