काठमाडौं । पशुपतिनाथको स्वर्ण जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो । जलहरीको नाप तौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले बताए । जलहरीलाई पुनः मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ ।
सोमबार नेपाली सेनाको सुरक्षामा शिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको छ। मंगलबार ज्योतिर्लिङ्गमा राखिनेछ । जलहरी नापजाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ ।
गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा रोक लगाएर जलहरी परीक्षण