Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सन नेपाल लाइफको आईपीओ अर्को साता भित्रै बाँडफाँट हुने


सन नेपाल लाइफको आईपीओ अर्को साता भित्रै बाँडफाँट हुने

काठमाडौं, श्रावण १९ । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन १ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको सेयर बाँडफाँट गर्ने तयारी भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले अर्को साता भित्रै आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशनमा ल्याएको उक्त शेयर सोमबार बाँडफाँट गर्ने तयारी गरेको हो । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ २८ हजार ७४१ जनाले आवेदक ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको १८ लाख १७ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो । यो कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको ९ लाख ६० हजार कित्ता शेयरको १.८९ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथा माध्यमबाट शेयर वितरण हुनेछ । त्यस अनुसार सबै आवेदकले न्युनतम ३० कित्ताका दरले शेयर पाउनेछ देखिन्छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । बाँकी रहेको ८६ लाख ४० लाख कित्ता शेयर म्युचुअल फण्ड, कर्मचारी र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।