Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विपत जोखिम न्यूनिकरण प्राधिकरणले भन्योः यो वर्ष मनसुनबाट करिब ३ लाख घरधुरी प्रभावित हुन सक्छन्

आर्थिक भार थपिने


विपत जोखिम न्यूनिकरण प्राधिकरणले भन्योः यो वर्ष मनसुनबाट करिब ३ लाख घरधुरी प्रभावित हुन सक्छन्

काठमाडौं, २९ जेठ । मनसुनका कारण २ लाख ८६ हजार भन्दा बढी घरधुरी प्रभावित हुन सक्ने राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनले देखाएको छ । यो बर्ष १२ लाख ५४ हजार १ सय ८१ जनसंख्यालाई असर पार्ने पूर्वानुमान गरिएको हो । मनसुनमा मधेश प्रदेश सबै भन्दा जोखिममा रहेको प्राधिकरणको अध्ययनले देखाएको छ ।

मधेशका ९२ हजार २ सय ६१ घरधुरीका ४ लाख ३ हजार १ सय ८० जनसंख्या प्रभावित हुन सक्ने प्राधिकरणका प्रवक्ता धु्रव बहादुर खड्काले बताए । विगतका तथ्यांक अनुसार पहिरोको उच्च जोखिममा रहेका जिल्लामा इलाम, पा“चथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, ललितपुर, नुवाकोट, धादिङ, तनहु“, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखा“ची, बागलुङ, प्युठान, रोल्पा, रुकुमपश्चिम, दैलेख, अछाम र बैतडी छन् ।

बाढीबाट झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, रुपन्देही, कपिलवस्तु, दाङ, बा“के, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । पहिरो लगायत प्रकोपबाट हुने क्षति न्युनिकरणका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० स्वीकृत भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा हिजो बसेको विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो कार्ययोजना स्वीकृत गरेको हो ।

कार्ययोजनामा पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपत् सामूहिक उद्धार सवारी तथा एम्बुलेन्स खरिद गरी ७ वटै प्रदेश र काठमाडौं उपत्यकामा राख्ने व्यवस्था मिलाइएको प्रवक्ता खड्काले बताउनुभयो । त्यस्तै, खोज, उद्धार तथा राहत वितरणका लागि हालसम्म १ लाख ४ सय २२ जना स्वयंसेवक सूचीकृत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।