Saturday, July 05, 2025

२०८२ असार २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई, सिंगापुरलाई २ विकेटले पराजित


एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई, सिंगापुरलाई २ विकेटले पराजित

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले हात पारेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जित्न सफल भएको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।

नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो । नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो ।

त्यसअघि एसीसीले यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।