Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भ्रष्टाचारका सबै फाइल खोल्नु पर्नेःगगन थापा


भ्रष्टाचारका सबै फाइल खोल्नु पर्नेःगगन थापा

काठमाडौं, श्रावण २९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्टाचारका फाइल खोल्नु पर्ने बताएका छन् । संसदीय दलको बैठकमा सोमबार सम्बोधन गर्दै थापाले जुनसुकै दलको भए पनि दोषी छ भने त्यसले छुट पाउन नहुने उल्लेख गरे । आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने अवस्था बदल्नुपर्छ ।

यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरू छन्‚ ती सबैको फाइल खोलौं‚ थापाले भने । उनले अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस् तर दोषी छ भने जुनसुकै दलको नेता, सांसद र मन्त्री भए पनि कसैले छुट पाउनु नहुने बताए । केही दिन अगाडि बाबुराम भट्टराईले शिविर घोटालाको छानबिन गरौं भने ।

ललिता निवास प्रकरणमा उनमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो‚ थापाले भने, हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ । कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने– ए मेरो मात्र छानबिन गर्ने तिम्रो नाम जोडिएको काण्ड के हो त कुनै दलको कुनै नेता अनुसन्धानको क्रममा पक्राउ पर्‍यो भने– ए हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खै यस्तै यस्तै सुनिन्छ ।