Tuesday, June 24, 2025

२०८२ असार १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण


कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण

एजेन्सी । इरानले गएराति कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ । इरानका आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणको बदलामा इरानले कतारमा रहेका अमेरिकी सैन्य अड्डामा जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

अमेरिकी आक्रमणको विरुद्धमा शक्तिशाली जवाफ दिएको इरानले दाबी गरेको छ । कतारले आक्रमणको निन्दा गरेको छ । तर मिसाइल सफलतापूर्वक निस्क्रिय पारिएको र कुनै पनि मानवीय क्षति नभएको कतारको भनाइ छ । कतारको गृह मन्त्रालयले देशको सुरक्षा सामान्य रहेको बताएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएको बताए । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत दुई देशबीचको युद्धविराम सहमतिले युद्धको अन्त्यतर्फ डोहोर्‍याउने विश्वास व्यक्त गरे ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ समेत दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीचको युद्धविराम १२ घन्टासम्म कायम रहने र त्यसपछि युद्ध अन्त्य भएको घोषणा गरिने बताए ।