Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दैनिक ५ हजार अवलोकनकर्ता पुग्ने ललितपुरको जुत्ता मेलामा


दैनिक ५ हजार अवलोकनकर्ता पुग्ने ललितपुरको जुत्ता मेलामा

काठमाडौं । ललितपुरको जावलाखेलमा सञ्चालन भएको जुत्ता मेलामा अवलोकनकर्ताको उपस्थिति उत्साहजनक देखिएको छ । जावलाखेल फुटबल ग्राउन्डमा १६ जेठ देखि सुरु भएको प्रथम ललितपुर जुत्ता–चप्पल मेला २०८० मा दैनिक करिब ५ हजार अवलोकनकर्ता पुग्ने गरेका छन् । मेलामा औसत दैनिक पाँच हजार अवलोनकर्ता आइरहेको फुटवेयर्स म्यानुफ्याक्चर्स एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले बताएका छन् ।

उनका अनुसार दैनिक २  हजार जोर जुत्ता–चप्पल बिक्री भएको  र त्यसबाट करिब ८ लाख रुपैयाँको कारोबार भएको उनको भनाइ छ । मेला अवधि छोटिदै गर्दा उपभोक्ताको आकर्षण पनि बढेको उपाध्यायले बताएका छन् । उनले भने, मेलामा अवलोकनकर्ताको उपस्थितिले उत्साहित छौँ, यसबीचमा झन्डै तीन सय डिजाइनका जुत्ता–चप्पल, गर्मी र जाडोलाई लक्षित गरेर ल्याएका छौँ ।

नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुख्य नाराका साथ आयोजित मेलामा विभिन्न नौवटा ब्रान्डको सहभागिता रहेको छ । मेलामा बिएफ डियर हिल, गोल्डस्टार, रोयल सुज, फस्टवाक सुज, बिएफ स्पोर्ट, क्रस रोड सुज, हाई लाइफ, केटिएम, डिजे सुज र सिल ब्रान्डका लेडिज तथा जेन्स जुत्ता–चप्पल प्रदर्शनीमा रहेका छन् । यी ब्रान्डका पाँच हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता–चप्पल अवलोकन एवं खरिद गर्न सकिनेछ ।

मेला प्रवेशका लागि कुनै शुल्क तोकिएको छैन । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान दिने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने एवं उपभोक्तालाई सहुलियत मूल्यमा जुत्ता–चप्पल उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको शुभकामना फुटवेयरका नानीराज घिमिरेले बताए ।

स्वदेशी जुत्ताको बजार प्रवद्र्धन गर्नका लागि ग्रे मार्केटबाट हुने आयात र न्यून बिजकीकरण रोक्नुपर्छ, उनले भने, जुत्ता उत्पादनमा आवश्यक कच्चा पदार्थको मूल्यकर पनि घटाउनुपर्छ, हामी जुत्तामा आत्मनिर्भरभन्दा माथि छौँ । मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।