एजेन्सी । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गरेका छन् । जोनसनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत छन् । जोनसन अहिले संसदीय छानबिनको क्रममा छन् । संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ । अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना रहेको बताइएको छ । जोनसनले संसदलाई गुमराह गरेको पाइएमा संसदको विशेषाधिकार समितिलाई १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ ।
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा