Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललिता निवास प्रकरणः पक्राउ परेका १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश


ललिता निवास प्रकरणः पक्राउ परेका १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं,३१ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सरकारका सचिव कृष्णबहादुर राउतसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपित सबैमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत समक्ष थप म्याद मागेको थियो ।

सचिव राउत, पूर्वसहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसहित १७ जना अनुसन्धानका क्रममा पक्राउ परेका थिए । असार १२ मा केही आरोपितलाई पक्राउ गरी प्रहरीले मुलुकी ऐन २०२० को किर्ते सम्बन्धी कसूर लगाएर अनुसन्धान अगाडि बढाएकोमा काठमाडौं जिल्ला अदालतले संगठित अपराध समेत जोडेर उनीहरूमाथि अनुसन्धानका लागि अनुमति दिएको थियो । त्यसयता दुवै कसूरमा आरोपितमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

यस्तै ब्यूरोले यो प्रकरणमा ४ सयभन्दा बढीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिइसकेको छ । २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा गिरोहले हडपेको थियो ।