Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरका दुई सार्वजनिक पोखरी वर्षाैदेखि व्यक्तीका नाममा, स्थानीय सरकार मौन! स्थानीय आन्दोलित [भिडिओ सहित]


कीर्तिपुरका दुई सार्वजनिक पोखरी वर्षाैदेखि व्यक्तीका नाममा, स्थानीय सरकार मौन! स्थानीय आन्दोलित [भिडिओ सहित]

काठमाडौं । साविक बालकुमारी वर्डा नं.१ (क) हाल कीर्तिपुर नरपालिका वडा नं. ५ मा रहेका दुई वटा सार्वजनिक पोखरी व्यक्तीका नाममा हुदापनि स्थानीय सरकार मौन रहेको भन्दै स्थानीयले विरोध सुरुगरेका छन् । अहिलेको बजार मुल्य अनुसार करिब ८० करोड पर्ने जग्गा नक्सामा दुई पोखरी भनेर उल्लेख छ । वि.स. २०२४ सालदेखि यो दुई पोखरीको जग्गा कसैले आफ्नो नाममा लिएर यसै छोडेको छ । अहिलेसम्म भोग चलन गरेको छैन भने, राज्यलाई कर भूक्तानी गरिरेको छ ।

कीर्तिपुर नरपालिका वडा नं. ५ को कि.नं.१९ क्षेत्रफल ५–११–० र कि.नं.१०७ क्षेत्रफल ७–२–० गरि १२ रोपनि १३ आना भएको २ वटा सार्वजनिक पोखरी राजनीतिक र शक्तिका आडमा हडप्ने खेल भएको भन्दै अहिले संघर्ष समिति नै बनाएर स्थानीय आन्दोलित छन् । सो पोखरी २०२१ को साविक नापीको समयमा फिल्डबुकमा पोखरी भनेर उल्लेख छ । उक्त कित्ता जग्गाहरू २०२४-११-१८ गते स.से.हर्ष जङ्ग कार्की का.ई. चोभार कार्कीगाउँको नाममा दर्ता भई तह–तह हक हस्तान्तरणबाट हाल राजेन्द्रजंग कार्की र सुरेन्द्रजंग कार्कीको नाममा नामसारी गरि ल्याएको छ । यसको विरुद्ध अहिले कीर्तिपुरको पाँगावासीहरूले जग्गा फिर्ताकालागि पहल गरिरहेका छन् । एक स्थानीयले भनेः सार्वजनिक पोखरी हडप्ने व्यक्ती कुनै समय सेनाका ठुला मानिस थिए ।

उनले शक्तीको आडमा जग्गा सजिलै आफ्नो नाममा गरेका हुन । वि.स.२०७६ सालमा सरकारी सार्वजनिक र गुठि जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले कीर्तिपुर नगरपालिकालाई पत्र पठाएर सार्वजनिक पोखरी कसरी व्यक्तिको नाममा जग्गाधनी पूर्जा बन्यो भनेर विवरण माग गरेको थियो । पत्रमा भनिएको थियो, नगरपालिका अन्तर्गत साविक बालकुमारी वा.नं.१ क हाल कीर्तिपुर न.पा. वा.नं.११ मा रहेको कि.नं.१९ क्षेत्रफल ५–११–० र कि.नं.१०७ क्षेत्रफल ७–२–० साविक नापीको समयमा फिल्डबुकमा पोखरी जनिएको उक्त कित्ता जग्गा २०२४-११-१८ गते स.से.हर्ष जङ्ग कार्की का.ई. चोभार कार्कीगाउँको नाममा दर्ता भई तह–तह हक हस्तान्तरणबाट हाल राजेन्द्रजंग कार्की र सुरेन्द्रजंग कार्कीको नाममा रहेको सो कित्ता जग्गा सरकारी सार्वजनिक पोखरी थियो वा व्यक्ती विशेषको पोखरी हो ? जो जे बुझ्नुपर्ने हो बुँझी पछिसम्म फरक नपर्ने गरी खुलाई ५ (पाँच) दिनभित्र यस आयोगमा उपलब्ध गराउनु । तर, त्यसो भएन । अहिले सो पोखरी व्यक्तीको नाममा रहेको भन्ने जानकारी पाएपछि संघर्ष समितिले सार्वजनिक पोखरी फिर्ताको काम अघि बढाएको छ ।

यसअघि समितिले काठमाडौं जिल्ला बालकुमारी गा.वि.स.वार्ड नं.१ कि.नं.१९ र १०७ को क्रमशः क्षेत्रफल ५–११–०–० र ७–२–०–० को दुवै कित्ता जग्गा हाल कीर्तिपुर न.पा.वार्ड नं.५ मा पर्दछ । परापूर्वकालदेखि स्थानीय जनताले सार्वजनिक रूपमा प्रयोग गर्दै आएको उक्त पोखरीहरू हर्षजंग कार्की र निजको नामबाट नामसारी गरी लिने राजेन्द्रजंग र सुरेन्द्रजंग कार्कीले नामसारी गरी लिई निजहरूको नाममा श्रेस्ता कायम गरी लिए पनि उक्त दुवै कित्ता जग्गा सार्वजनिक उपभोग भैरहेको सार्वजनिक हक निहित जग्गा भएकोले तत्कालिन बालकुमारी गाउँ विकास समितिको मिति २०४९-१०-०५ पत्रबाट मालपोत कार्यालय काठमाडौं समक्ष निजहरूले दुषित तथा गैरकानुनी रूपमा गराएको दर्ता बदर गरी पाउँ भनी माग दावी भैरहेको र मालपोत कार्यालयबाट समेत निजहरूको माग बमोजिम दोहोरो दर्ता लगत वदर नहुने भनी मिति २०७०-०९-२४ मा निर्णय भैसो उपर राजेन्द्रजंग समेतको पुरावेदन परि पुनः प्रमाणको मुल्यांकन गरी निर्णय गर्नु भन्ने पु.वे.अ. पाटनबाट २०७२-०१-०६ मा फैसला भएको भन्ने निजहरूको निवेदन माग भएको भन्ने पत्रमा संलग्न निवेदनबाट देखिन्छ ।

यी दुवै कित्ता पोखरी परापूर्वकालदेखि स्थानीय जनताले सार्वजनिक रूपमा उपभोग गरी आएका सार्वजनिक पोखरी हो । यस विषयमा अहिले स्थानीय जनताले जनप्रतिनिधि नगरपालिकाका मेयर तथा उपप्रमुखलाई जानकारी गराएका छन् । तर स्थानीय तहले वास्ता नगरेको उनिहरुको भनाई छ । यतिमात्रै होइन अहिले नगरप्रमुख राजकुमार नकर्मीले सो विषयमा बोल्न नमिल्ने भन्दै संघर्ष समितिलाई आग्रह गरेको भन्ने गुनासो बढेको छ । राजनीतिक आडमा सार्वजनिक जग्गा हडप्ने खेल हुदाँपनि मयेर मौन बसेको भन्दै स्थानीयहरुले आन्दोलनको तयारी गरिरहेका  छन् ।