काठमाडौं , १९ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । घटेको भाडादर बुधबारदेखि लागू हुनेछ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।आजैबाट लागू हुने गरी आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो ।
न्यूनतम ६० रूपैयाँ देखि अधिकतम ७५० रूपैयाँ सम्मले हवाई भाडा घटेको क्यानले बताको छ । विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । यो सँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम भएको छ । काठमाडौ, धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा,भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर,भैरहवा ५५० रूपैयाँ घटेको छ ।