Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आईसीएफसी फाइनान्सको ऋणपत्रमा लगानीका लागि आवेदन खुल्यो


आईसीएफसी फाइनान्सको ऋणपत्रमा लगानीका लागि आवेदन खुल्यो

काठमाडौं । आईसीएफसी फाइनान्सको ऋणपत्रमा लगानीका लागि आवेदन खुलेको छ । कम्पनीको ऋणपत्रमा लगानी गर्न चाहनेका लागि आवेदन खुलेको हो । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशत ब्याजदर पाउने छन् । निक्षेपको ब्याजदर घट्दै गएका बेला हाल बैंकहरुले मुद्दती निक्षेपमा ६ प्रतिशत हाराहारीमा ब्याज दिइरहेका छन् । यस्तो अवस्थामा ९ प्रतिशत ब्याज पाइने यस फाइनान्सको ऋणपत्र लगानीका लागि बढी प्रतिफलमूलक देखिएको छ ।

बिक्री प्रवन्धक कुमारी क्यापिटलले एक सूचना जारी गर्दै ऋणपत्रमा आवेदन खुलेको जनाएको छ । ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ हुन्छ । न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिन्छ । त्यस्तै अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

आईसीएफसीले कुल १० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्दैछ । कम्पनीले कुल ३ लाख कित्ता अर्थात् ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो । अनलाइन प्रणाली मेरोसेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ । छिटोमा माघ १३ र ढिलोमा २३ गतेसम्म आवेदन खुल्नेछ । ७ वर्षे अवधिको यस ऋणपत्र दोस्रो बजारमा सूचीकृत भइ कारोबारमा आउनेछ ।