५ साउन, काठमाडौं । संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।
गत बुधबार विमानस्थलबाट भन्सार जाँचपास हुँदा समेत नियन्त्रणमा लिन नसकेको करिब एक क्विन्टल सुन राजस्व विभागले बरामद गरेको घटनालाई लिएर सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्री नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नुपर्ने समेत बताए ।