Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

श्रमिकको मासिक पारिश्रमिक बढाउन मन्त्रीको ध्यानाकर्षण, वैज्ञानिक ढंगले निर्धारण गर्न माग


श्रमिकको मासिक पारिश्रमिक बढाउन मन्त्रीको ध्यानाकर्षण, वैज्ञानिक ढंगले निर्धारण गर्न  माग

काठमाडौं,३१ असार । नेपाल ट्रेड युनियन कांग्रेसले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

श्रमिकहरुको न्यूनतम पारिश्रमिक वैज्ञानिक ढंगले निर्धारण र वृद्धि हुने व्यवस्था गर्न उनिहरुले माग गरेका छन् । भेटमा मन्त्री भण्डारीले बजारभाउ अनुसार श्रमिकको पारिश्रमिक अत्यन्तै कम रहेकाले त्यसमा आफ्नो सहयोग हुने बताए । उनले श्रमिकले श्रम गरेर आफ्नो दैनिकीमात्रै गुजार्न समेत कठिन हुने बताए ।

सरकारले सधैँ रोजगारदातासँग झगडा गरेर पारिश्रमिक निर्धारण गर्ने कुरा सम्भव छैन् मन्त्री भण्डारीले भने, श्रमिकहरुले समयअनुसार श्रमको मूल्य पाउने बातावरण सुनिश्चित गर्छु । ट्रेड युनियन कांग्रेसले भने श्रमिकहरुको न्यूनतम मूल्य २५ हजार पुर्‍याउन सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवर, महासचिव अजयकुमार राईसहितको टोलीले मन्त्रीलाई भेटेर यथासिघ्र श्रमिकको पारिश्रमिक बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा श्रमिकहरुको पन्जीकरण गर्नुपर्ने र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।