Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नायब सुब्बा र अधिवक्ताबीच भएको घटनाको विवाद चर्कीयो, शुक्रबारदेखि देशभरका न्यायलय प्रभावित


नायब सुब्बा र अधिवक्ताबीच भएको घटनाको विवाद चर्कीयो, शुक्रबारदेखि देशभरका न्यायलय प्रभावित

काठमाडौं,१८ असार । उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा र अधिवक्ताबीच भएको घटनाको विवाद चर्किएको छ । सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च बार एसोसियसनसहित काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले सेवा लिन गएका कानुन व्यवसायीमाथि कर्मचारीबाट हातपात भएको तर उल्टै उनीमाथि झुटा मुद्दा लगाइएको भन्दै अदालतअघि प्रदर्शन गरेका हुन्  । कानुन व्यावासायीहरुको प्रदर्शनले सोमबार पनि अदालतहरूका काम प्रभावित भएका छन् । गत असार १३ गते बुधबार उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद भएको थियो ।

अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ । अधिवक्ता लामिछाने १३ गते अदालत परिसरबाट पक्राउ परेका उनी आइतबार साँझ मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका छन् । नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिएकी छन् । घटनाबारे दुवै पक्षका फरक–फरक विवरण सार्वजनिक भइरहेका छन् । कानुन व्यवसायीले कर्मचारीले अधिवक्ता लामिछानेमाथि हातपात गरेपछि प्रतिकार गरेको बताएका छन् । कर्मचारीले भने अधिवक्ता लामिछानेले पहिले कर्मचारी तामाङमाथि कुटपिट गरेको बताएका छन् । शुक्रबारदेखि त्यो विवादले मुददाको सुनुवाइ हुनै सकेको छैन ।

विवादपछि उच्च अदालत पाटनका कर्मचारी मिलेर २ घण्टा बन्दी बनाएको र जाहेरी लेखेर प्रहरी बोलाइ थुनाएको उनको भनाइ छ । कानुन व्यवसायीका संगठनहरूले पनि विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । नेपाल बार एसोसिएसनले उक्त घटनालाई लिएर ६ बुँदे माग अगाडि सार्दै ती पूरा नभए सोमबारदेखि देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दा बाहेकमा बहस पैरवी नगर्ने घोषणा गरेको छ । बारले अधिवक्ता उक्त घटनाको सीसीटीभी फुटेज सार्वजनिक हुनुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेलगायतका माग अघि सारेको हो ।