Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगञ्ज महानगरपालिकाको बजेट विनियोजन (पूर्ण पाठसहित)


वीरगञ्ज महानगरपालिकाको बजेट विनियोजन (पूर्ण पाठसहित)

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०,८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । यो बजेट चालू आर्थिक वर्ष २०७९,८० को तुलनामा १ अर्ब २३ करोड कम हो । वीरगञ्ज महानगरले चालू आव वर्ष २०७९,८० मा कुल ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार बजेट विनियोजन गरेको थियो ।

महानगरका उपप्रमुख इम्तियाज आलमले बुधबार पेश गरेको बजेट मध्ये चालू तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत रहेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि अनुगमान गरिएको खर्च स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व विनियोजनबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजस्व विनियोजन गरेको  २ करोड ८७ लाख  बजेटमा उल्लेख छ।