काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले बढेको छ । शून्य दशमलव २५ प्रतिशतले बढेर २७६५.८८ अंकमा बन्द भएको छ । कुल १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १३२ कम्पनीको मूल्य घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ९७ हजार ५६२ पटकको सेयर किनबेचबाट ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँ कारोबार भएको छ । आज १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच भए । ६ उपसमूह घट्यो भने ७ उपसमूह घट्यो ।
नेप्से परिसूचक ७.१३ अंकले बृद्धि