Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

म्याग्दीको मालपोत कार्यालयमा राजस्व घट्यो


म्याग्दीको मालपोत कार्यालयमा राजस्व घट्यो

काठमाडौं, श्रावण २४ । जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा ४ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९,०८० मा चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले बताएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा रिजालले अघिल्लो वर्षको तुलनामा ३६ लाख ६३ हजार ९ सय ८ कम राजस्व सङ्कलन भएको बताए । आर्थिक वर्ष २०७८,७९ मा ५ करोड ४ लाख ८४ हजार ९१०, २०७७,७८ मा ५ करोड ११ लाख ३ हजार ६०० र २०७६,७७ मा तीन करोड २९ लाख ४३ हजार ८०६ राजस्व सङ्कलन भएको थियो ।

घरजग्गाको रजिस्ट्रेसनबाट दुई करोड ४३ हजार आठ सय १६, न्यायिक दस्तुर दण्डजरिवाना र जफत शीर्षकमा १२ लाख ३८ हजार ४ सय २०, सेवा शुल्करअन्य प्रशासनिक दस्तुरमा ६६ लाख ५२ हजार सात सय, रोक्का दस्तुर घर कायमबाट ८२ हजार २ सय र पुँजीगत लाभकर १ करोड ८८ लाख तीन हजार ८ सय ६६ राजस्व सङ्कलन भएको छ । रजिष्ट्रेसन शुल्क अन्तर्गतको राजस्व रकममध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई उपलब्ध गराइएको छ । रजिष्ट्रेसनतर्फ ग्रामीणको पाँच सय ३३ र सहरीको दुई सय ११ गरी कूल सात सय ४४ लिखत पारित भएको छ ।

मुद्दा शाखामा तीन सय ८८ नामसारी, १५ संशोधन र ६८ वटा श्रेस्ता कायमसहित पाँच सय ५६ मुद्दा दर्ता भएकोमा चार सय ९८ को फर्छ्यौट भएको छ । गत वर्ष दुई सय ४३ महिला र २७ दलितको नाममा घरजग्गा रजिष्ट्रेसन गरेबापत छुट पाएका छन् । महिलाले २५ लाख ४१ हजार एक सय ४१ र दलितले एक लाख ६३ हजार तीन सय बराबरको छुट पाएका हुन् । बीस सरकारी निकायले ७ लाख ३२ हजार छ सय ६८ र तीन विद्यालयले १९ हजार पाँच ४० छुट पाएका छन् । बेनी नगरपालिकाले मात्र म्याग्दीमा जग्गाको वर्गीकरण गरेको छ । अन्य पाँच स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा गत आर्थिक वर्षदेखि अंशबन्डा र घरजग्गाको कारोबार रोकिएको छ ।