Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनी प्रदेशको बजेटमाथिको छलफल स्थगित


लुम्बिनी प्रदेशको बजेटमाथिको छलफल स्थगित

काठमाडौं,९ असार । दलहरुको आन्तरिक विवादका कारण आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि छलफल गर्न बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । असार १० गते आइतबार बस्ने भनिएको अधिवेशनको बाह्रौं बैठक स्थगित भएको हो । भूगोल र जनसंख्याका आधारमा समान बजेट आउनु साटो मुख्यमन्त्री र अर्थमन्त्रीले आफूखुसी मन केन्द्रित बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध भएपछि प्रदेशसभा बैठक सारिएको हो ।

सत्तापक्षीय धेरै सांसदले नै बजेट पूर्णरुपमा सच्चाएरमात्रै पारित गर्न सरकारसमक्ष माग गरेका छन् । लुम्बिनीमा मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरी छन् भने अर्थमन्त्री माओवादी केन्द्रका धनबहादुर मास्के छन् । आइतबार बोलाइएको प्रदेशसभा बैठक असार १३ गते बुधबारका लागि सारिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जनाए । सत्ता पक्षमा रहेका माओवादी केन्द्रका प्रमुख सचेतक ईन्द्रजीत थारुले बजेट संशोधनका लागि सभा स्थगित हुनु भनेको सरकारको अपरिपक्वता र गौरजिम्मेवारीपूर्ण व्यवहार भएको बताए ।