Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गण्डकी प्रदेशले बजेट सार्वजनिक गर्दै


गण्डकी प्रदेशले बजेट सार्वजनिक गर्दै

पोखरा, १ असार । गण्डकी सरकारले आज बजेट सार्वजनिक गर्न लागेको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३५ अर्ब ९० करोडको बजेट ल्याएको थियो । संघ सरकारले दिने अनुदानमध्ये सशर्त र समानीकरण अनुदान निकै घटेको छ । सशर्तमा २ अर्ब ४७ करोड ६८ लाख र समानीकरण अनुदानमा ३० करोड ५४ लाख घट्ने भएको छ । चालू वर्षका लागि १६ अर्ब ५४ करोड ३२ लाख अनुदान पठाएको संघले आगामी वर्षका लागि १३ अर्ब ४५ करोड ३५ लाख पठाउने छ । विशेष अनुदानमा पनि १६ करोड कम बजेट आउनेछ ।